Like us!
Follow us!
Connect us!
Watch us!

टिकटक बन्द गर्ने निर्णय गरेर सरकार उल्टो बाटोमा हिंडयो: गगन थापा

अर्थ संसार

सोमबार, २७ कार्तिक २०८०, २० : ४३ मा प्रकाशित

टिकटक बन्द गर्ने निर्णय गरेर सरकार उल्टो बाटोमा हिंडयो:  गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले टिकटक बन्द गर्ने निर्णय गरेर सरकार उल्टो बाटोमा हिंडेको टिप्पणी गरेका छन् ।

थापाले आफ्नो  सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले भनेका छन्,' सामाजिक संजालको दुरुपयोग गर्नेलाई निरुत्साहित गर्न नियमन आवश्यक छ तर सामाजिक सञ्जाललाई नियमन गर्ने नाममा बन्द गरिनु सरासर गलत हो। यो एउटा सामाजिक सञ्जाल बन्द गर्ने नगर्ने भन्दा पनि यो सरकारको नियतको विषय हो। यसमा सरकारको नियत 'अभिव्यक्ति तथा व्यैक्तिक स्वतन्त्रता' लाई कुण्ठित गर्ने देखियो। सरकारले यो कदम सच्चाउनु पर्छ, यसमा किन्तु परन्तु केही पनि चल्दैन।'

नेपाल सरकारको आज मन्त्रीपरिषद बैठकले चर्चित सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेको थियो  ।

सरकारले टिकटकका कारण सामाजिक सद्‍भाव बिगार्ने काम भएको भन्दै यस चर्चित संजाललाई बन्द गर्ने निर्णय गरेको बताएको छ।  सरकारको यस निर्णयमा सरकार प्रति नै उल्टै आलोचना भइरहेको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको