Like us!
Follow us!
Connect us!
Watch us!

खानीखोला हाइड्रोले कमायो एक करोड ८० लाख नाफा, इपिएस कति?

अर्थ संसार

विहीबार, ३० कार्तिक २०८०, २० : ४५ मा प्रकाशित

खानीखोला हाइड्रोले कमायो एक करोड ८० लाख नाफा, इपिएस कति?

खानीखोला हाइड्रोले आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विद्युत उत्पादनबाट हुने आम्दानीमा सामान्य गिरावट हुँदा हाइड्रोको नाफा घटेको छ ।

खुद नाफा/घाटा - अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षको असोज मसान्तसम्म कम्पनीको खुद नाफामा सामान्य गिरावट आएको छ । यस त्रैमासमा कम्पनीको खुद नाफा एक करोड ८० लाख रुपैयाँ पुगेको छ जुन गत आर्थिक वर्षको यसै अवधिसम्ममा २ करोड ५३ लाख रुपैयाँ रहेको थियो । खुद नाफा करिब २८.८ प्रतिशतले घटेको हो ।

विद्युत व्यापारबाट आम्दानी - यस अवधिमा कम्पनीले विद्युत व्यापारबाट ६ करोड ४८ लाख आम्दानी गरेको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिसम्म कम्पनीले विद्युत व्यापारबाट ६ करोड ६७ लाख कमाएको थियो ।

सञ्चालन मुनाफा - पहिलो त्रैमाससम्म कम्पनीको सञ्चालन मुनाफा ५ करोड ६१ लाख रुपैयाँ पुगेको छ जुन गत आर्थिक वर्षको यसै अवधिसम्ममा ६ करोड १ लाख रुपैयाँ रहेको थियो । सञ्चालन मुनाफा करिब ६.६१ प्रतिशतले घटेको हो ।

वितरणयोग्य मुनाफा : एक करोड ८० लाख रुपैयाँ

प्रति सेयर आम्दानी : इपीएस यो त्रैमासमा ३ रुपैयाँ ८७ पैसा रहेको छ ।

मूल्य आम्दानी अनुपात : ४३.९५ गुणा (अन्तिम मूल्य : १७०.१ रुपैयाँ हुँदा)

प्रति सेयर नेटवर्थ : ८९ रुपैयाँ ३३ पैसा

चुक्ता पूँजी : ४६ करोड ५७ लाख रुपैयाँ

जगेडा कोष : ४ करोड ९६ लाख रुपैयाँले ऋणात्मक

कम्पनीले २ मेगावाटको खानीखोला हाइड्रो र ४.३६ मेगावाटको ठोस्ने हाइड्रोबाट विद्युत उत्पादन गरिरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको