Like us!
Follow us!
Connect us!
Watch us!

बिहेको सिजन आएसँगै महङ्गियो सुनचाँदी, चाँदी तोलाकै साढे १४ सय

अर्थ संसार

शुक्रबार, ०१ मंसिर २०८०, ११ : ०२ मा प्रकाशित

बिहेको सिजन आएसँगै महङ्गियो सुनचाँदी, चाँदी तोलाकै साढे १४ सय

तिहारपछि शुक्रबार पहिलोपटक प्रकाशित गरिएको सुनचाँदीको मूल्य अनुसार दुवैको भाउ अघिल्लो कारोबार दिन भन्दा उल्लेख्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रति तोला एक लाख १५ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी तेजाबी सुन प्रति तोला एक लाख १४ हजार नौ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । केही समय अघि सुनले अल टाइम हाईको रेकर्ड बनाउँदै तोलाकै एक लाख १७ हजारसम्म पुगेको थियो । त्यस यता सुस्ताएको सुनको भाउ मङ्सिर महिनामा बिहेको सिजन आएसँगै फेरि उकालो लाग्न लागेको हो ।

यसैगरी आज चाँदी प्रति तोला एक हजार चार सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । तिहार अघि चाँदी प्रति तोलाको एक हजार तीन सय ६० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य अहिलेसम्मै उच्च विन्दुमा पुगेको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको