Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयन रिइन्स्योरेन्सको संस्थापक सेयरधनीमा कैलाश सिरोहियादेखि पशुपति मुरारकासम्म, कोको छन् सञ्चालक?

अर्थ संसार

आइतबार, ०३ मंसिर २०८०, १३ : १५ मा प्रकाशित

हिमालयन रिइन्स्योरेन्सको संस्थापक सेयरधनीमा कैलाश सिरोहियादेखि पशुपति मुरारकासम्म, कोको छन् सञ्चालक?

आइतबारदेखि प्रिमियममा आइपिओ निष्कासन गर्न लागेको हिमालयन रिइन्स्योरेन्सको संस्थापक सेयरधनीमा कान्तिपुर पब्लिकेसनका प्रबन्ध सञ्चालक कैलाश सिरोहियादेखि मुरारका ग्रुपका सञ्चालक पशुपति मुरारकालगायत रहेका छन् ।

सिरोहियाको कम्पनीमा १० लाख कित्ता सेयर रहेको छ भने मुरारकाको ७ लाख २५ हजार कित्ता सेयर रहेको छ । कम्पनीको सबैभन्दा धेरै सेयर भने अम्बर प्रोभेष्टमेन्टका नाममा ६७ लाख ८५ हजार कित्ता रहेको छ । यसैगरी राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंकको ५०-५० लाख कित्ता सेयर लगानी रहेको छ । इन्फिनिटी होल्डिङ्सको ४५ लाख कित्ता, जगदम्बा मोटर्सको ३२ लाख कित्ता रहेको हिमालयन रिइन्स्योरेन्समा व्यक्तिगत रुपमा सबैभन्दा बढी कित्ता सेयर भने के एल दुगड ग्रुपका प्रबन्ध सञ्चालक विकास दुगडसँग रहेको छ । उनीसँग २२ लाख कित्ता सेयर रहेको छ ।

व्यक्तिगततर्फ सबैभन्दा धेरै सेयर हुने अन्य नामहरुमा भगवती स्टिल अध्यक्ष सशीकान्त अग्रवाल, शिवशक्ति ग्रुपका सञ्चालकद्वय सन्दीप अग्रवाल र राहुल अग्रवाल, समिट एयरका अध्यक्ष विकास राणा लगायत रहेका छन् । उनीहरुको सेयरसंख्या क्रमश १५ लाख कित्ता देखि १०-१० लाख कित्ता रहेको छ । प्राथमिक निष्कासन अघि सात अर्ब रहेको कम्पनीको चुक्ता पुँजी निष्कासनपछि १० अर्ब पुग्नेछ जसको ३० प्रतिशत सर्वसाधारण सेयरधनी र बाकिँ ७० प्रतिशत संस्थापक सेयरधनी रहनेछन् ।

यसैगरी कम्पनीको सञ्चालकमा शेखर गोल्छा, शाहिल अग्रवाल, अमित मोर र साक्षी वंशल रहेका छन् । स्वतन्त्र सञ्चालकमा सुभासकुमार झुनझुनवाला रहेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको