Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल एसबिआई बैंकले गर्यो लाभांश घोषणा, बोनस र नगद दुबै दिने

अर्थ संसार

सोमबार, ०४ मंसिर २०८०, १० : ०१ मा प्रकाशित

नेपाल एसबिआई बैंकले गर्यो लाभांश घोषणा, बोनस र नगद दुबै दिने

नेपाल एसबिआई बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ। मंसिर १ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश घोषणा गरेको हो।

बैंकले हाल कायम चुक्ता पूँजीको १०.५५ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको छ। जसमा ३.७५ प्रतिशत बोनसर  ६.८० प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ सहित) रहेको बैंकले जनाएको छ ।

यस लाभांशलाई नेपाल राष्ट्र बैंकबाट स्वीकृत गरेपछि बैंकको वार्षिक साधारण सभामा एजेण्डाको रुपमा लगिने छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको