Like us!
Follow us!
Connect us!
Watch us!

एटिएमलगायत विद्युतीय कारोबार गर्दा कारोबार सम्पन्न नभई पैसा काटिए टि+१ दिनभित्र राफसाफ गरिसक्नुपर्ने

अर्थ संसार

सोमबार, ०४ मंसिर २०८०, १८ : ५० मा प्रकाशित

एटिएमलगायत विद्युतीय कारोबार गर्दा कारोबार सम्पन्न नभई पैसा काटिए टि+१ दिनभित्र राफसाफ गरिसक्नुपर्ने

नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणाली सम्बन्धि एकीकृत निर्देशन २०८० जारी गर्दै एउटै संस्थाभित्र एटिएमलगायत विद्युतीय कारोबार गर्दा कारोबार सम्पन्न नभई पैसा काटिए टि+१ दिनभित्र राफसाफ गरिसक्नुपर्ने नियम ल्याएको छ ।

बैंकका अनुसार अब देखि इस्स्युअर र एक्वाएरर एउटै संस्था रहेको अवस्थामा मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, एसएमएस बैंकिङ, इ-मनी वालेट, आइभिआरएस, युएसएसडि लगायतका सेवाबाट कारोबार सम्पन्न नभई खाताबाट रकम काटिएमा कारोबार भएको अर्को दिनभित्र फोर्स सेटलमेन्ट गरिसक्नुपर्नेछ । यसै गरि यस्ता कारोबार गरिँदा इस्स्युअर र एक्वाएरर फरक फरक तर दुवै नेपालकै संस्था भएका बढीमा टि+३ दिनभित्र फोर्स सेटलमेन्ट गरिसक्नुपर्नेछ ।

इस्स्युअर र एक्वाएरर फरक फरक साथै कुनै एक संस्था विदेशी भएको हकमा भने टि+३० दिनभित्र फोर्स सेटलमेन्ट गरिसक्नुपर्ने राष्ट्र बैंकले जनाएको छ । यसरी राफसाफ गराईसक्ने जिम्मा उपकरण जारी गर्ने र ग्रहण गर्ने दुवै संस्थाको हुने पनि बैंकले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको