Like us!
Follow us!
Connect us!
Watch us!

चिन्नुहोस् २० रुपैयाँ भन्दा बढी प्रति सेयर आम्दानी भएका सात हाइड्रोपावर कम्पनी

अर्थ संसार

मंगलबार, ०५ मंसिर २०८०, ०८ : २८ मा प्रकाशित

चिन्नुहोस् २० रुपैयाँ भन्दा बढी प्रति सेयर आम्दानी भएका सात हाइड्रोपावर कम्पनी

लगभग सबै हाइड्रोपावर कम्पनीले आर्थिक वर्ष २०८०/८१ को प्रथम त्रैमासिक रिपोर्ट प्रकाशित गरिसकेका छन् । रिपोर्ट अनुसार हाइड्रोपावर कम्पनीमध्ये २० रुपैयाँ भन्दा बढी प्रति सेयर आम्दानी भएका भएका सात हाइड्रोपावर कम्पनीहरु रहेका छन् ।

सबैभन्दा उच्च प्रति सेयर आम्दानी भएको हाइड्रो कम्पनीमध्ये साहस उर्जा एक नम्बरमा रहेको छ । उक्त कम्पनीको इपिएस ३९ रुपैयाँ ४१ पैसा रहेको छ । यसैगरी कम्पनीको प्रति सेयर नेटवर्थ एक सय ७१ रुपैयाँ ५६ पैसा रहेको छ । प्राथमिक निष्कासन गरेपछि उक्त कम्पनी हालसम्म लाभांश भने वितरण गरेको छैन । कम्पनीको अहिले प्रति सेयर चार सय ४५ रुपैयाँमा दोस्रो बजारमा कारोबार भइरहेको छ ।

सबैभन्दा दोस्रो उच्च प्रति सेयर आम्दानी भएको हाइड्रो कम्पनीमा थ्री स्टार हाइड्रो रहेको छ । उक्त कम्पनीको इपिएस ३४ रुपैयाँ ८७ पैसा रहेको छ । यसैगरी कम्पनीको प्रति सेयर नेटवर्थ ९० रुपैयाँ ५ पैसा रहेको छ । प्राथमिक निष्कासन गरेपछि उक्त कम्पनीले पनि हालसम्म लाभांश भने वितरण गरेको छैन । कम्पनीको अहिले प्रति सेयर तीन सय १९ रुपैयाँमा दोस्रो बजारमा कारोबार भइरहेको छ ।

तेस्रो स्थानमा सिक्लेस हाइड्रो रहेको छ । उक्त कम्पनीको इपिएस ३० रुपैयाँ ७ पैसा रहेको छ । यसैगरी कम्पनीको प्रति सेयर नेटवर्थ एक सय १४ रुपैयाँ ३२ पैसा रहेको छ । प्राथमिक निष्कासन गरेपछि उक्त कम्पनीले पनि हालसम्म लाभांश भने वितरण गरेको छैन । कम्पनीको अहिले प्रति सेयर तीन सय ४५ रुपैयाँमा दोस्रो बजारमा कारोबार भइरहेको छ ।

चौथो देखि सातौं स्थानसम्म रुरु हाइड्रो, पञ्चकन्यामाई हाइड्रो, माउन्टेन इनर्जी र सुपर मादी हाइड्रो रहेका छन् । ती कम्पनीको इपिएस क्रमश : २९.५३, २३.४९, २०.६३ र २० रुपैयाँ ३७ पैसा रहेको छ । यसैगरी कम्पनीको प्रति सेयर नेटवर्थ क्रमश: १४०.०४, ८८.९७, १६१.२८ र १०७.६६ रुपैयाँ रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको