Like us!
Follow us!
Connect us!
Watch us!

सुनचाँदीको भाउ नयाँ अल टाइम हाईतर्फ अग्रसर हुँदै

अर्थ संसार

मंगलबार, ०५ मंसिर २०८०, ११ : ३१ मा प्रकाशित

सुनचाँदीको भाउ नयाँ अल टाइम हाईतर्फ अग्रसर हुँदै

मङ्गलबार सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । सुन प्रतितोला पाँच सय रुपैयाँले बढ्दा चाँदी प्रति तोला पाँच रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रति तोला एक लाख १६ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी तेजाबी सुन प्रति तोला एक लाख १५ हजार छ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । केही समय अघि सुनले अल टाइम हाईको रेकर्ड बनाउँदै तोलाकै एक लाख १७ हजारसम्म पुगेको थियो ।

यसैगरी आज चाँदी प्रति तोला एक हजार चार सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रति तोलाको एक हजार चार सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको