Like us!
Follow us!
Connect us!
Watch us!

लाभांश घोषणा गर्न बाकिँ वाणिज्य बैंकहरुको यस्तो छ ५ वर्षे लाभांश इतिहास र औसत लाभांश

अर्थ संसार

शुक्रबार, ०८ मंसिर २०८०, १५ : ३२ मा प्रकाशित

लाभांश घोषणा गर्न बाकिँ वाणिज्य बैंकहरुको यस्तो छ ५ वर्षे लाभांश इतिहास र औसत लाभांश

आर्थिक वर्ष २०७९/८० सम्मको मुनाफाबाट लाभांश घोषणा गर्न अब राष्ट्रिय वाणिज्य बैंकसहित ९ वाणिज्य बैंक बाकिँ रहेका छन् । यी बैंकहरुको पछिल्लो पाँच वर्षको लाभांश दर तथा औसत लाभांशको अवस्था कस्तो छ त हेरौँ :

कृषि विकास बैंकले आव २०७४/७५ मा २१.०५३ प्रतिशत, आव २०७५/७६ मा ३० प्रतिशत, आव २०७६/७७ मा १५.७८९५ प्रतिशत, आव २०७७/७८ मा २१.०५२६ प्रतिशत र आव २०७८/७९ मा १३ प्रतिशत लाभांश वितरण गरेको थियो । कम्पनीको पछिल्लो पाँच वर्षको औसत लाभांश २०.१७ प्रतिशत रहेको छ ।

हिमालयन बैंकले आव २०७४/७५ मा १५.७८ प्रतिशत, आव २०७५/७६ मा २२ प्रतिशत, आव २०७६/७७ मा २० प्रतिशत, आव २०७७/७८ मा २६ प्रतिशत र आव २०७८/७९ मा १९.११ प्रतिशत लाभांश वितरण गरेको थियो । कम्पनीको पछिल्लो पाँच वर्षको औसत लाभांश २०.५८ प्रतिशत रहेको छ ।

कुमारी बैंकले आव २०७४/७५ मा ८.५ प्रतिशत, आव २०७५/७६ मा १०.५२ प्रतिशत, आव २०७६/७७ मा १४ प्रतिशत, आव २०७७/७८ मा ८.६७ प्रतिशत र आव २०७८/७९ मा १२.५ प्रतिशत लाभांश वितरण गरेको थियो । कम्पनीको पछिल्लो पाँच वर्षको औसत लाभांश १०.८४ प्रतिशत रहेको छ ।

यसैगरी मर्जर गएका लक्ष्मी बैंक र सनराइज बैंकले आव २०७८/७९ मा लाभांश दिएका थिएनन् । त्यसभन्दा अघिल्ला चार वर्षमा सनराइज बैंकले ११.५,१५.८,८.२८ र ७ प्रतिशत लाभांश दिएको थियो भने लक्ष्मी बैंकले ८.९५, १५, ११.५ र ११.५ प्रतिशत लाभांश दिएको थियो । सनराइज बैंकको पछिल्लो पाँच वर्षको औसत लाभांश ८.५२ र  लक्ष्मी बैंकको ९.३९ प्रतिशत रहेको छ ।

नेपाल बैंकले आव २०७४/७५ मा लाभांश नबाँड्दा आव २०७५/७६ मा २५ प्रतिशत, आव २०७६/७७ मा १६ प्रतिशत, आव २०७७/७८ मा १७ प्रतिशत र आव २०७८/७९ मा १२ प्रतिशत लाभांश वितरण गरेको थियो । कम्पनीको पछिल्लो पाँच वर्षको औसत लाभांश १४ प्रतिशत रहेको छ ।

मर्जर गएका अर्का दुई बैंक नेपाल इन्भेस्टमेन्ट बैंक र मेगा बैंकले पनि आव २०७९/८० को लाभांश घोषणा गरेका छैनन् । त्यसभन्दा अघिल्ला पाँच वर्षमा नेपाल इन्भेस्टमेन्ट बैंकले ४०, १९, १८.५, १६ र ११ प्रतिशत लाभांश दिएको थियो भने मेगा बैंकले ७.८५, ११.७५, १३.०५, १२.०७ र ७.७९ प्रतिशत लाभांश दिएको थियो । इन्भेस्टमेन्ट बैंकको पछिल्लो पाँच वर्षको औसत लाभांश २०.९ र  मेगा बैंकको १०.५ प्रतिशत रहेको छ ।.

एनएमबी बैंकले आव २०७४/७५ मा ३० प्रतिशत, आव २०७५/७६ मा ३५ प्रतिशत, आव २०७६/७७ मा १६.२ प्रतिशत, आव २०७७/७८ मा १५.८ प्रतिशत र आव २०७८/७९ मा ८.२५ प्रतिशत लाभांश वितरण गरेको थियो । कम्पनीको पछिल्लो पाँच वर्षको औसत लाभांश २१.०५ प्रतिशत रहेको छ ।

प्राइम बैंकले आव २०७४/७५ मा १६ प्रतिशत, आव २०७५/७६ मा १६ प्रतिशत, आव २०७६/७७ मा १५ प्रतिशत, आव २०७७/७८ मा १६.६३१३ प्रतिशत र आव २०७८/७९ मा ८.९५ प्रतिशत लाभांश वितरण गरेको थियो । कम्पनीको पछिल्लो पाँच वर्षको औसत लाभांश १४.५२ प्रतिशत रहेको छ ।

प्रभु बैंकले आव २०७४/७५ मा ८.४२ प्रतिशत, आव २०७५/७६ मा १६.८४ प्रतिशत, आव २०७६/७७ मा १०.५२ प्रतिशत, आव २०७७/७८ मा १२.६३ प्रतिशत र आव २०७८/७९ मा ८ प्रतिशत लाभांश वितरण गरेको थियो । कम्पनीको पछिल्लो पाँच वर्षको औसत लाभांश ११.२८ प्रतिशत रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको