हिमालयन लघुवित्तले आर्थिक वर्ष २०७९/८० सम्मको मुनाफाबाट लाभांश नदिने भएको छ ।
मङ्सिर ८ गते शुक्रबार बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले यसपटक लाभांश नबाँड्ने निर्णय गरेको हो । कम्पनीले आव २०७९/८० को अन्तसम्म कायम रहेको वितरणयोग्य मूनाफा नबाँडी सञ्चित गर्ने जनाएको छ । सोही निर्णय राष्ट्र बैंक समक्ष पेश गरि साधारणसभा स्वीकृतिका लैजाने पनि कम्पनीले जनाएको छ ।
साधारणसभा प्रयोजनका लागि कम्पनीले बुकक्लोज मिति भने तय गरेको छैन । हिमालयन लघुवित्तले आव २०७८/७९ मा ११.५८ प्रतिशत र आव २०७७/७८ मा २० प्रतिशत लाभांश वितरण गरेको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस