Like us!
Follow us!
Connect us!
Watch us!

इतिहासमै सर्वाधिक महङ्गो बन्दै सुनचाँदी, चाँदी तोलाकै १४ सय ८५

अर्थ संसार

आइतबार, १० मंसिर २०८०, ११ : ३८ मा प्रकाशित

इतिहासमै सर्वाधिक महङ्गो बन्दै सुनचाँदी, चाँदी तोलाकै १४ सय ८५

आइतबार सुनचाँदी दुवैको मूल्य बढेको छ । आज सुन प्रति तोला ६ सय रुपैयाँले बढेको छ भने चाँदी प्रति तोला ३५ रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रति तोला एक लाख १६ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी तेजाबी सुन प्रति तोला एक लाख १६ हजार तीन सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । केही समय अघि सुनले अल टाइम हाईको रेकर्ड बनाउँदै तोलाकै एक लाख १७ हजारसम्म पुगेको थियो ।

यसैगरी आज चाँदी प्रति तोला एक हजार चार सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रति तोला एक हजार चार सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको