Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्र बैंकले एक वर्षे मुद्दती निक्षेपमा दुई अर्ब ८६ करोड लगानी गर्ने

अर्थ संसार

आइतबार, १० मंसिर २०८०, १४ : ०४ मा प्रकाशित

राष्ट्र बैंकले एक वर्षे मुद्दती निक्षेपमा दुई अर्ब ८६ करोड लगानी गर्ने

नेपाल राष्ट्र बैंकले विभिन्न कोषमा रहेको दुई अर्ब ८६ करोड रुपैयाँ एक वर्षे मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ ।

बैंकले एक सूचना जारी गर्दै विभिन्न सर्त पूरा गरेका बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेपमा लगानी गर्न लागेको जनाएको हो । सूचना अनुसार राष्ट्र बैंकले क वर्गका वाणिज्य बैंकमा २ अर्ब २९ करोड २२ लाख, विकास बैंकहरुमा ४२ करोड ९८ लाख रुपैयाँ र वित्त कम्पनीहरुमा १४ करोड ३३ लाख रुपैयाँ गरी कुल दुई अर्ब ८६ करोड रुपैयाँ राख्न लागेको हो ।

राष्ट्र बैंकले २०८० पुस १ गतेदेखि २०८१ मङ्सिर ३० गतेसम्म ३६५ दिनका लागि मुद्दतिमा उक्त रकम राख्नेछ । निष्क्रिय कर्जा ५ प्रतिशत भन्दा कम भएको, कर्जा निक्षेप अनुपात निर्धारित सीमा भित्र रहेको, न्यूनतम पूँजीकोष अनुपात कायम रहेको लगायतका सर्त पुगेका बैंक तथा वित्तीय संस्थाले प्रस्तावित ब्याजदर र मुद्दतिमा लिन चाहेको रकम उल्लेख गरी आवेदन दिन सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

सम्बन्धित खबर

धेरै पढिएको