Like us!
Follow us!
Connect us!
Watch us!

मिर्मिरे लघुवित्तको एफपिओ नेप्सेमा सुचीकृत

अर्थ संसार

सोमबार, ११ मंसिर २०८०, ११ : ४७ मा प्रकाशित

मिर्मिरे लघुवित्तको एफपिओ नेप्सेमा सुचीकृत

मिर्मिरे लघुवित्तको एफपिओ नेप्सेमा सुचीकृत भएको छ ।

असोज २५ गतेदेखि थप सार्वजनिक निष्काशन अन्तर्गत लघुवित्तले १ करोड २३ लाख ८१ हजार ६४५ रुपैयाँ बराबरको एफपीओ निष्कासन गरेको थियो । सोही एफपिओको १०० रुपैयाँ अंकित मूल्यका १ लाख २३ हजार ८१६ कित्ता सेयर नेप्सेमा सुचीकृत भएको हो । एफपीओ निष्काशन गरेपछि कम्पनीको चुक्ता पूँजी ६५ करोड ३३ लाख ८२ हजार सात सय ८४ रुपैयाँ पुगेको छ । 

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको पूँजी संरचना ३० प्रतिशत कायम गर्न लघुवित्तले एफपीओ जारी गरेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको