Like us!
Follow us!
Connect us!
Watch us!

भन्सार छलेर ल्याइएको २४ थान मोबाइलसहित एक पक्राउ

अर्थ संसार

सोमबार, ११ मंसिर २०८०, १६ : ४० मा प्रकाशित

भन्सार छलेर ल्याइएको २४ थान मोबाइलसहित एक पक्राउ

भन्सार छलेर ल्याइएको २४ थान मोबाइलसहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काठमाडौं शंखरापुर नपा-१ घर भई हाल ललितपुर मनपा-१२ पाटनस्थित मोबाइल जोन पसल सञ्चालन गर्ने ४० वर्षीय सुरेन्द्र दाहाल रहेका छन् । दाहालले भारतबाट चोरी पैठारी गरि मोबाइल ल्याएर आफ्नो पसलमा बेच्न राखेको प्रहरीले जनाएको छ ।

दाहालको पसलबाट १० थान भिभो, ६ थान रेडमी, ३ थान ओप्पो, दुई थान रियलमी र एक-एक थान वानप्लस, मोटो र पोको कम्पनीका मोबाइल बरामद गरेको प्रहरीले जनाएको छ । उनलाई कारवाहीका लागि ललितपुरस्थित आन्तरिक राजस्व कार्यालय हरिहर भवन पुल्चोक पठाइएको पनि प्रहरीले उल्लेख गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको