Like us!
Follow us!
Connect us!
Watch us!

भाग नै नलिएको चिट्ठा पुरस्कार जितेको कुराको विश्वास नगरौँ : राष्ट्रबैंक

अर्थ संसार

मंगलबार, १२ मंसिर २०८०, १० : ५७ मा प्रकाशित

भाग नै नलिएको चिट्ठा पुरस्कार जितेको कुराको विश्वास नगरौँ : राष्ट्रबैंक

आर्थिक प्रलोभन देखाई हुने वित्तीय ठगी बढ्न थालेपछि नेपाल राष्ट्र बैंकले त्यस्ता ठगीबाट बच्न सर्वसाधारणलाई सतर्क गराएको छ ।

राष्ट्र बैंकले ह्वाट्सएप, भाइबर, मेसेन्जर जस्ता मोबाइल एप, इमेल वा फोन सम्पर्कबाटै विभिन्न किसिमका चिट्ठा पुरस्कार जितेको, धन सम्पत्ति वा सुन फेला परेको, अपुताली सम्पत्ति फेला परेको वा छोटो समयमै धेरै प्रतिफल दिने योजना उपलब्ध भएको जस्ता बहाना बनाई सर्कुलर गरिने जाली सूचनाहरुलाई उल्लेख गर्दै त्यस्तै सन्देशमार्फत विश्वभर वित्तीय ठगीका घटना भइरहेको जनाएको हो ।

यसरी आएका सन्देशलाई विश्वास गरि भाग नै नलिएको चिट्ठा पुरस्कार जितेको, चिन्दै नचिनेको मान्छेले दिएको आश्वासनलाई मानेर लहलहैमा अन्जान व्यक्तिलाई पैसा पठाउने, आफ्नो व्यक्तिगत खाताको जानकारी दिने जस्ता कार्य नगर्न बैंकले सर्वसाधारणलाई अपिल गरेको हो । त्यस्ता ठगीका घटना घटे राष्ट्रबैंकको गुनासो गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np मा गुनासो गर्न सकिने पनि बैंकले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको