Like us!
Follow us!
Connect us!
Watch us!

आईसीसी इमर्जिङ एशिया इन्स्योरेन्स कन्क्लेभबाट नेशनल लाईफलाई सम्मान

अर्थ संसार

मंगलबार, १२ मंसिर २०८०, १९ : ३३ मा प्रकाशित

आईसीसी इमर्जिङ एशिया इन्स्योरेन्स कन्क्लेभबाट नेशनल लाईफलाई सम्मान

नेशनल लाईफ इन्स्योरेन्स कम्पनीलाई इण्डियन च्याम्वर अफ कमर्शले सम्मान गरेको छ। मंसिर ७ गते यस इन्स्योरेन्स कम्पनीलाइ  चौथों आईसीसी इमर्जिङ एशिया कन्क्लेभमा सम्मानित भएको हो ।  

भारतको मुम्वईस्थित ताज ल्याण्ड्स इण्ड होटलमा सम्पन्न एक समारोहमा विमस्टेक राष्ट्रका जीवन तथा निर्जिवन बीमा कम्पनीहरुमध्ये उत्कृष्ट कम्पनीहरुलाई सम्मानित गर्ने क्रममा नेपालकै अग्रणी जीवन बीमा कम्पनी नेशनल लाईफ इन्स्योरेन्स कम्पनी “ग्रोथ इन न्यू बिजनेश प्रिमियम इन नेपाल अवार्ड” बाट सम्मानित भएको हो ।

विश्वकै प्रतिष्ठित पिडब्लुसीले एशियाका बीमा कम्पनीहरुको कार्य सम्पादन मूल्यांकन लगायतका अन्य विधिहरुलाई स्वतन्त्र मूल्यांकन गरी तयार गरेको रिपोर्टको आधारमा कम्पनीलाई सो सम्मानबाट सम्मानित गरिएको हो । कम्पनीका सहायक महा प्रवन्धक प्रज्वल सायमीले उक्त सम्मान ग्रहण गरेका थिए ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको