Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेले थप्यो कारोबार समय, आज ३:२४ सम्म कारोबार हुने

अर्थ संसार

बुधबार, १३ मंसिर २०८०, १३ : १९ मा प्रकाशित

नेप्सेले थप्यो कारोबार समय, आज ३:२४ सम्म कारोबार हुने

नेपाल स्टक एक्सचेञ्ज नेप्सेको कारोबार प्रणालीमा प्राविधिक समस्या आएर बुधबार बिहान सेयर कारोबार रोकिएपछि कारोबार समय थप गरिएको छ ।

आज बिहान ११:०० बजेदेखि ११:२४ बजेसम्म प्राविधिक समस्याका कारण सेयर कारोबार ठप्प भएको थियो । सोही समयको सोधभर्ना स्वरुप नेप्सेले ३ बजे पछि थप २४ मिनेटका लागि कारोबार समय थप गर्न लागेको हो । कारोबार समय थप बारे जानकारी दिँदै नेप्सेले सूचनामा लेखेको छ, "आज मिति २०८०।०८।१३ मा नियमित सत्रको कारोबार ११:२४ देखि सुचारु भएको छ । कारोबार अवरुद्ध भएको समय (२४ मिनट) थप गरौ कारोबार समय ३:२४ सम्म कायम गरिएको व्यहोरा समेत अनुरोध छ ।"

प्रणाली अवरुद्ध हुँदा आज प्रिओपन कारोबारसमेत हुन सकेको थिएन ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको