Like us!
Follow us!
Connect us!
Watch us!

बङ्गालको खाडीमा मिग्जाउ चक्रवातको विकास, नेपालसम्म आइपुग्ला त असर ?

अर्थ संसार

विहीबार, १४ मंसिर २०८०, १० : १० मा प्रकाशित

बङ्गालको खाडीमा मिग्जाउ चक्रवातको विकास, नेपालसम्म आइपुग्ला त असर ?

बङ्गालको खाडीमा विकास भएको मिग्जाउ चक्रवातले आगामी साता भारतको तटीय क्षेत्रमा अति भारी वर्षा गराउने भएको छ ।

आन्दमान र निकोबर टापुमा उत्पन्न भएको न्यून चापीय प्रणालीका कारण विकसित भएको मिग्जाउ चक्रवातले अझै दिशा भने यकिन गरेको छैन । भारतीय मौसम विभागले विकास गरेको एउटा मोडेलले तमिलनाडूतर्फ अघि बढी रहेको न्यून चापीय प्रणाली डिसेम्बर १ सम्ममा चक्रवातमा परिणत भई डिसेम्बर ४ सम्म उत्तर-उत्तरपश्चिमतर्फ अघि बढ्नेछ । समुद्रमा अझ शक्तिशाली बन्दै चक्रवात डिसेम्बर ५ मा आन्ध्र प्रदेशको उत्तर तथा दक्षिण उडिसा राज्य पुग्नेछ । अर्को मोडेलले भने चक्रवात पश्चिम-उत्तरपश्चिमतर्फ अघि बढेर डिसेम्बर ६ मा मात्र जमिनमा पुग्ने देखाएको छ ।

चक्रवात जुनसुकै दिशातर्फ अघि बढेपनि अब केही दिनसम्म बङ्गालको खाडी वरपर माझीहरुलाई नजान सतर्क गराइएको छ भने तमिलनाडू, आन्ध्रप्रदेश र उडिसा राज्यका तटीय क्षेत्रलाई शनिबार यल्लो वाचमा राखिएको छ । पश्चिम बङ्गाल राज्यमा पनि भारी वर्षाको सम्भावना रहेको हुँदा सतर्क गराइएको छ ।

जमिनमा पुगेपछि चक्रवातको शक्ति क्षीण हुँदै जाने हुँदा नेपालमा चक्रवातले खासै ठूलो वर्षा ल्याउने देखिदैन । तर उडिसामा चक्रवातले शक्तिशाली रुपमा प्रवेश गरी सोही दिशामा अघि बढे नौ सय किलोमिटर दुरीमा रहेको नेपालको पूर्वी प्रदेशहरुमा डिसेम्बर ७-८ तारिखमा उल्लेख्य वर्षा हुनसक्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको