सोमबारको सेयर कारोबार जारी रहँदा नारायणी डेभलपमेन्ट बैंकको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आजको करोबार जारी रहँदा यो कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।
पहिलो एक घण्टाको कारोबार जारी रहँदा बैंकको सेयर मूल्य ७१ रुपैयाँ ७७ पैसाले बढेर ७९० रुपैयाँ १० पैसा पुगेको हो । यो अघिल्लो दिनको भन्दा ९.९९ प्रतिशतले धेरै हो । यो अवधिमा समग्र सेयर बजार परिसूचक भने ६.११ अंकले घटेर २७३३.८३ विन्दुमा पुगेको छ । यो अवधिमा सेयर बजारमा ७५ करोड माथिको कारोबार भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस