Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा हरियाली, कारोबार रकममा भने गिरावट

अर्थ संसार

सोमबार, ०९ भदौ २०८२, १५ : ०८ मा प्रकाशित

सेयर बजारमा हरियाली, कारोबार रकममा भने गिरावट

साताको सेयर कारोबार हुने दोस्रो दिन सोमबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । आज सेयर बजार परिसूचक २१.३० अंकले बढेर २७६१.१८ विन्दुमा पुगेको हो । 

आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ३.१८ अंकले बढेर ४७४.३८ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ उपसूचकमध्ये ११ वटाको सेयर मूल्य बढेको छ भने २ वटाको सेयर मूल्यमा गिरावट देखिएको छ । 

त्यस्तै आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये १७९ कम्पनीको सेयर मूल्य बढेको छ भने ७१ कम्पनीको घटेको छ । आज सेयर बजारमा परिसूचक बढे पनि कारोबार रकममा भने गिरवाट आएको छ । अघिल्लो दिन साढे ६ अर्ब माथिको कारोबार भएको बजारमा आज ५ अर्ब ७५ करोड ३२ लाख १९ हजार ६५२ रुपैयाँको कारोबार भएको छ । आज सेयर बजारमा ३१७ कम्पनीका १ करोड ८ लाख ७७ हजार ९४२ कित्ता सेयर ५७ हजार १५७ पटक खरिद बिक्री भएर उक्त रकमको कारोबार भएको हो । 

आजज सेयर बजारमा दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार बन्द भएको छ । आज निर्धन उत्थान लघुवित्त र विकास हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको