सेयर लगानीकर्ता विष्णु सुवेदीले बजारमा नयाँ पैसा आउन नसकेकाले बजारले गति लिन नसकेको बताएका छन् । अर्थसंसारसँगको कुराकानीमा सुवेदीले बजार घटेपछि बढ्ने र बढेपछि घट्ने भए पनि अहिले बजारमा पैसा अपुग भएर बजार उठ्न नसकेको उनले बताएका हुन् ।
३००० विन्दुमा पुग्दा नाफा सुरक्षित गरेका लगानीकर्ताले फेरि बजारमा लगानी नगरेको तथा आईपीओ परेकाहरु पनि बढेको समयमा बिक्री गरेर फेरि बजारमा नआएको उनको भनाइ छ । अहिले लगानीकर्ताहरु चाडपर्वको मोडमा देखिएको उनले बताए । ‘नाफा बुक गरेकाहरुले बजारमा थप लगानी गरेका छैनन् । आईपीओ भरेकाहरुले पनि बिक्री गरेर सेकेण्डरी मार्केटमा लगानी गरेनन् । अहिले लगानीकर्ता पर्ख र हेरको नीतिमा रहेकाले बजार बढ्न नसकेको हो,’ उनले भने ।
मौद्रिक नीति आए पनि बजार बढेको र दशैं अघि बजारमा पैसा आएको खण्डमा बजार बढ्न सक्ने उनको भनाइ छ । सबै क्षेत्रको सूचक सकारात्मक हुँदा पनि बजार घटीरहनुलाई बजारले २७०० देखि ३००० हजार विन्दुमा खेल्न खोजेको जस्तो देखिएको पनि उनले बताए । ‘अहिले बैंक, बीमा सबैको वित्तीय विवरण सार्वजनिक भइसकेको छ । सबैको वित्तीय विवरण पनि राम्रै छ । तर बजारलाई पैसा नपुगेकैले बजार बढ्न नसकेको हो,’ उनले भने । १५ मिनेटको औषत गणनाले बजारलाई बोझिलो बनाएको उनको भनाइ छ । बजारलाई स्वत रुपमा आफै चल्न दिनु पर्ने उनी बताउँछन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस