Like us!
Follow us!
Connect us!
Watch us!

लगातार चौथो दिन पनि घट्यो सेयरबजार, कारोबार रकममा भने वृद्धि

अर्थ संसार

विहीबार, १४ मंसिर २०८०, १५ : १७ मा प्रकाशित

लगातार चौथो दिन पनि घट्यो सेयरबजार, कारोबार रकममा भने वृद्धि

आइतबार ४७ अङ्कले बढेको सेयर बजार त्यसपछि भने लगातार चार दिनसम्म घटेको छ । सोमबार ११.२७ अङ्कले घटेको नेप्से मङ्गलबार २.१७ अङ्क, बुधबार १७.९३ र बिहीबार थप १८.०६ अङ्कले घटेको हो ।

आज १८.०६ अङ्कले घटेर नेप्से परिसूचक १८५८.५३ विन्दुमा बन्द भएको हो । अघिल्लो कारोबारको दिन कुल एक अर्ब एक करोड ४१ लाख ९५ हजार पाँच सय ७५ रुपैयाँ बराबरको कारोबार भएकोमा आज कारोबार रकम बढेर एक अर्ब ३२ करोड ३५ लाख १९ हजार तीन सय ५७ रुपैयाँ पुगेको छ । बजार घटेपनि आज कारोबार रकममा भने वृद्धि भएको हो ।

आज सर्वाधिक कमाउनेतर्फ रुरु हाइड्रो र छिमेक लघुवित्त रहे । उक्त कम्पनीको सेयर मूल्य ३ प्रतिशत भन्दा बढीले वृद्धि भयो । सोमबार सर्वाधिक गुमाउने मध्ये माउन्टेन इनर्जी हाइड्रो, युनाइटेड इदी मर्दी हाइड्रो र विजय लघुवित्त रहे । ती कम्पनीको सेयरमूल्य १० प्रतिशतले घट्यो ।

आज म्युचुअल फन्ड उपसूचक मात्रै ०.११ प्रतिशतले बढ्दा बाकिँ सबै उपसूचकमा गिरावट आयो । आज हाइड्रोपावर उपसूचक सर्वाधिक १.७३ प्रतिशतले घट्दा फाइनान्स उपसूचक १.५९ प्रतिशत र होटल तथा पर्यटन उपसूचक १.५६ प्रतिशत घट्यो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको