Like us!
Follow us!
Connect us!
Watch us!

ब्रिटिस कलेजले सुरु गर्यो इन्क्युबेशन सेन्टर: विचारलाई व्यवसायमा रूपान्तरण गर्ने

अर्थ संसार

शुक्रबार, १५ मंसिर २०८०, ०७ : ५४ मा प्रकाशित

ब्रिटिस कलेजले सुरु गर्यो इन्क्युबेशन सेन्टर: विचारलाई व्यवसायमा रूपान्तरण गर्ने

थापाथलीस्थित द ब्रिटिस कलेज (टीबीसी)ले इन्क्युबेशन सेन्टरको सुरुवात गरेको छ । नवप्रवर्तन र उदयमान स्टार्टअपहरुलाई बढावा दिन र उद्यमीहरुलाई अझै सशक्त बनाउनका लागि ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको ब्रिटिस कलेजले बिहीबार आधिकारिक रुपमा इन्क्युबेशन सेन्टरको सुरुवात गरेको हो ।

कलेज हातामा रहेको इन्क्युबेशन सेन्टरले सेवा तथा स्रोत-साधनहरुको क्षेत्रमा काम गर्नेछ । जसले स्रोत तथा साधनहरुको उपलब्धतासँगै विशेष कार्यक्रमहरु, कार्यशाला गोष्ठी, विजनेस नेटवर्किङको अवसर लगायतका सेवाहरु प्रदान गर्नेछ । सेन्टरले उद्यमीहरूलाई सहयोग गर्नको लागि सल्लाहकारहरु, विभिन्न पक्षहरुसँग समन्वय गर्ने अवसर, ब्यापारिक समूहबीचको समन्वय वृद्धि तथा कार्यक्रम गर्नको लागि स्थान उपलब्ध गराउनेछ । 

इन्क्युबेशन सेन्टरको अनावरण कार्यक्रममा कलेजका डेप्यूटी प्रिन्सिपल डा. प्याट्रिक म्याकक्रुडनले स्वागत मन्तव्य राखेका थिए । त्यस्तै, इन्क्युबेशन सेन्टरका लिड सुबोध रुपाखेतीले पनि आफ्ना भनाईहरु राखेका थिए । रुपाखेतीले आगामी वर्षको लागि सेन्टरको योजना तथा कार्यक्रमहरुसँगै यसको विस्तार योजनाको रुपरेखा पनि प्रस्तुत गरेका थिए । कलेजले वार्षिक रुपमा आयोजना गर्दै आएको ‘टीबीसी स्टार्टअप फेस्ट’ पनि यसै सेन्टर अन्र्तगत पर्ने उनको भनाई छ ।

इन्क्युबेशन सेन्टरमा मुख्यतः विज्ञहरु हुनेछन्, जसमा सबैलाई समेटेर विकसित डिजिटल परिदृश्यमा स्टार्टअपहरुको सुरक्षा र प्रत्याभुतिको सुनिश्चिताका लागि मिलेर काम गरिन्छ । यसबारेमा थप ब्याख्या गर्दै रुपाखेतीले भने, ‘हामी उद्यमीहरू, स्टार्टअपहरू र व्यवसायहरूलाई सदस्यता लिनको लागि, इन्क्युबेशन कार्यक्रमहरू, तथा इन्टर्नशिपको अवसरहरुको लागि आमन्त्रित गर्छौं साथै, अगाडि बढ्न र ब्यवसायको विकास गर्न खोजिरहेका व्यवसायीहरुसँग सहकार्यको लागि पनि तयार छौं ।’

कार्यक्रममा गुगलको प्रोडक्ट म्यानेजमेन्टको प्रमुख भएर काम गरिसकेका जोन पार्क तथा टीबीसीका पूर्व छात्र तथा फेल्ट एण्ड यार्न प्रा.लि.का संस्थापक सुनिता शेर्पाले आफ्ना भनाईहरु राखेका थिए ।

कार्यक्रमको उद्घाटन गरेका कलेजका संस्थापक तथा सीईओ राजन कँडेलले कार्यक्रमको समापन पनि गरेका थिए । समापन मन्तब्य राख्दै कँडेलले भने, ‘इन्क्युबेशन सेन्टरको सुरुवातले उद्यमशीलता र नवप्रवर्तनको क्षेत्रमा एक महत्वपूर्ण कोसेढुङ्गाको प्रतिनिधित्व गरेको छ । यस कदमले आकांक्षी उद्यमीहरूको विचारहरूलाई सफल व्यवसायमा रूपान्तरण गर्न सहयोग गर्ने हामीलाई विश्वास छ ।’

 

65694647d6ebf.jpg 656946480cd4f.jpg 6569464810605.jpg 6569464839dfe.jpg 6569464862cd4.jpg 656946488a171.jpg 65694648b2d49.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको