शुक्रबार सुनको मूल्यमा सामान्य गिरावट आउँदा चाँदीको मूल्य भने इतिहासकै उच्च विन्दुमा पुगेको छ । आज सुन प्रति तोला तीन सय रुपैयाँले सस्तिएको छ भने चाँदी प्रति तोला २० रुपैयाँले महङ्गिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रति तोला एक लाख १९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी तेजाबी सुन प्रति तोला एक लाख १८ हजार चार सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । सुनको मूल्य बुधबार प्रति तोला एक लाख १९ हजार तीन सय पुगेर अल टाइम हाई रेकर्ड बनाएको थियो ।
यसैगरी आज चाँदी प्रति तोला एक हजार पाँच सय ४० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी आज इतिहासकै उच्च मूल्यमा कारोबार भइरहेको हो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस