Like us!
Follow us!
Connect us!
Watch us!

माल्टा पठाइदिने भन्दै ठगी गर्ने युवती पक्राउ

अर्थ संसार

शुक्रबार, १५ मंसिर २०८०, १४ : ५३ मा प्रकाशित

माल्टा पठाइदिने भन्दै ठगी गर्ने युवती पक्राउ

माल्टा पठाइदिने भन्दै पैसा लिएर सम्पर्कविहीन हुने एक युवतीलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धादिङको त्रिपुरासुन्दरी-१ घर भई हाल काठमाडौं-१३ वाफल बस्दै आएकी २९ वर्षीया लक्ष्मी श्रेष्ठ रहेकी छन् । उनले वैदेशिक रोजगारीका लागि माल्टा पठाइदिने भन्दै दुई जनासँग ६ लाख ८ हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ ।

श्रेष्ठले माल्टामा प्रतिष्ठित होटलमा जागिर लगाइदिने र तलब एक लाख रुपैयाँ हुने भन्दै प्रलोभनमा पारी पटक पटक गरि उक्त रकम उठाएको प्रहरीले जनाएको छ । उनलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको पनि प्रहरीले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको