Like us!
Follow us!
Connect us!
Watch us!

नबिल बैंकले डाक्यो साधारणसभा, कहिले छ बुक क्लोज ?

अर्थ संसार

सोमबार, १८ मंसिर २०८०, १० : २४ मा प्रकाशित

नबिल बैंकले डाक्यो साधारणसभा, कहिले छ बुक क्लोज ?

नबिल बैंकले कम्पनीको ३९ औं वार्षिक साधारणसभा डाकेको छ । कम्पनीले आव २०७९/८० सम्मको मुनाफाबाट ११ प्रतिशत नगद लाभांश यसअघि नै घोषणा गरिसकेको छ ।

बैंकको मङ्सिर १४ गते बुधबार बसेको सञ्चालक समितिको बैठकले पुस १२ गते काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बस्ने गरि साधारणसभाको मिति तय गरेको हो । कम्पनीले साधारणसभामा आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरीक्षण प्रतिवेदनसहित वित्तीय विवरणहरु पारित गर्ने, लेखापरीक्षक नियुक्ति गरि पारिश्रमिक निर्धारण गर्ने लगायत साधारण प्रस्तावहरु पेश गर्ने जनाएको छ ।

यसैगरी कम्पनीले हालको चुक्ता पुँजीको ११ प्रतिशतले हुन आउने दुई अर्ब ९७ करोड ६२ लाख ६९ हजार छ सय ४० रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि साधारणसभामा पेश गरी स्वीकृत गर्ने जनाएको छ । कम्पनीले साधारणसभा प्रयोजनार्थ मङ्सिर २९ गते एक दिन बुक क्लोज गर्ने जनाएको छ । अर्थात मङ्सिर २८ गतेसम्म कायम सेयरधनीले मात्र बोनस प्राप्त गर्न तथा साधारणसभामा भाग लिन सक्नेछन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको