Like us!
Follow us!
Connect us!
Watch us!

मेन्छियाम हाइड्रोको बुकक्लोज मिति तय, कहिले छ साधारणसभा ?

अर्थ संसार

सोमबार, १८ मंसिर २०८०, १० : ४८ मा प्रकाशित

मेन्छियाम हाइड्रोको बुकक्लोज मिति तय, कहिले छ साधारणसभा ?

मेन्छयाम हाइड्रोपावर लिमिटेडले आफ्नो वार्षिक साधारणसभालाई बुक क्लोज मिति तय गरेको छ। कम्पनीको मंसिर १५  बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९ / ०८० को तेश्रो वार्षिक साधारणसभा यही  पौष २ गते गर्ने तोकिएको वार्षिक साधारणसभा प्रयोजनको लागि कम्पनीको सेयरधनी दर्ता पुस्तिका मंसिर २४ गते एक दिनका लागि बन्द गर्ने निर्णय गरेको छ ।

कम्पनीको साधारण सभा  लैनचौर ब्याङ्क्युट, लैनचौर, काठमाण्डौंमा साँझ ५ बजे बस्ने तोकिएको छ।

सभमा वार्षिक  प्रतिवेदन उपर छलफल गर्ने , आर्थिक वर्ष २०७९ / २०८० को लेखापरिक्षण प्रतिबेदन पारित गर्ने, लेखा परिक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने तथा संचालक समिति  गठन गर्ने तय गरिएको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको