Like us!
Follow us!
Connect us!
Watch us!

तारागाउँ रिजेन्सीको आज किन बन्द छ कारोबार ?

अर्थ संसार

सोमबार, १८ मंसिर २०८०, १२ : ०२ मा प्रकाशित

तारागाउँ रिजेन्सीको आज किन बन्द छ कारोबार ?

सेयर मूल्य सेन्सेटिभ सूचना नेप्सेलाई समयमै जानकारी नगराउँदा नेपाल स्टक एक्सचेञ्ज नेप्सेले तारागाउँ रिजेन्सीको सुचीकरण स्थगित गरिदिए पछि सोमबार दोस्रो बजारमा कम्पनीको कारोबार बन्द भएको छ ।

नेप्सेका अनुसार कम्पनीले मङ्सिर १६ गते शनिबार सञ्चालक समितिको बैठकबाट लाभांश घोषणा सम्बन्धि निर्णय गरेपनि मङ्सिर १७ गते आइतबार बेलुका ५:१५ बजे मात्रै नेप्सेलाई सो बारे जानकारी गराएको थियो । धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम २२(१) अनुसार धितोपत्रको मूल्यमा प्रभाव पार्ने सूचना, जानकारी तथा निर्णय सिर्जना भएमा सोही दिन वा भोलिपल्ट कारोबार खुल्नु अघि सम्बन्धित सूचीकृत संगठित संस्थाले नेप्सेमा पेश गर्नुपर्ने व्यवस्था रहेकोले छ ।

सोही व्यवस्थाको पालना नगरेको भन्दै नेप्सेले उक्त विनियमावलीको १६(१)(ख) को व्यवस्था बमोजिम धितोपत्र कारोबार स्थगन गरि अबको तीन कार्यदिन भित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको हो । कम्पनीको संचालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९/०८० को मुनाफाबाट हाल कायम चुक्ता पूँजी रु.१,८८,६६,५४,०००/- को ४% बोनस सेयर र ११% नगद लाभांश गरी जम्मा १५% कर सहित वितरण गर्न  निर्णय कम्पनीले गरेको थियो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको