Like us!
Follow us!
Connect us!
Watch us!

सोमबार झिनो अङ्कले घट्यो सेयरबजार, नीतिको समीक्षा अगाडि बजारले गति लिन सकेन

अर्थ संसार

सोमबार, १८ मंसिर २०८०, १५ : १९ मा प्रकाशित

सोमबार झिनो अङ्कले घट्यो सेयरबजार, नीतिको समीक्षा अगाडि बजारले गति लिन सकेन

अघिल्लो साताको सोमबार देखि घट्दै गरेको सेयरबजार आज पनि थप ओरालो लागेको छ । 

अघिल्लो सोमबार ११.२७ अङ्कले घटेको नेप्से मङ्गलबार २.१७ अङ्क, बुधबार १७.९३, बिहीबार १८.०६ र हिजो आइतबार थप ७.२९ अङ्कले घटेको थियो । मौद्रिक नीतिको समीक्षा नजिकिँदै गर्दा लगानीकर्ता अन्योलमा रहेका छन् । अनुकुल नीति आए खरिद गर्ने, प्रतिकुल वा यथास्थितिमा नीति आए केही बेर कुर्ने मनसाय बनाउँदा बजारले कुनै किसिमको ट्रेन्ड लिन सकेको छैन ।

आज ३.४२ अङ्कले घटेर नेप्से परिसूचक १८४७.८१ विन्दुमा बन्द भएको हो । अघिल्लो कारोबारको दिन कुल ९६ करोड ४० लाख १० हजार चार सय ३१ रुपैयाँ बराबरको कारोबार भएकोमा आज कारोबार रकम बढेर एक अर्ब १९ करोड ७२ लाख ५७ हजार आठ सय ९४ रुपैयाँ पुगेको छ । बजार घट्दै गर्दा आज कारोबार रकम भने वृद्धि भएको हो ।

आज सर्वाधिक कमाउनेतर्फ समाज लघुवित्त र तेह्रथुम पावर रहे । उक्त कम्पनीको सेयर मूल्य ५ प्रतिशत भन्दा बढीले वृद्धि भयो । सोमबार सर्वाधिक गुमाउने मध्ये माउन्टेन इनर्जी हाइड्रो, एनआरएन र इङ्ग्वा हाइड्रो रहे । ती कम्पनीको सेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घट्यो ।

आज लाइफ इन्स्योरेन्स उपसूचक सर्वाधिक ०.९७ प्रतिशतले बढ्दा फाइनान्स उपसूचक ०.५५ र नन लाइफ उपसूचक ०.३४ प्रतिशतले बढे । आज बैंकिङ र अन्य उपसूचक सर्वाधिक ०.६२ प्रतिशतले घट्दा ट्रेडिङ उपसूचक ०.४५ प्रतिशत र लगानी उपसूचक ०.४४ प्रतिशत घटे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको