Like us!
Follow us!
Connect us!
Watch us!

विप्लवलाई पक्राउ गर्न ३५ दिने पुर्जी जारी

अर्थ संसार

सोमबार, १८ मंसिर २०८०, १७ : ०१ मा प्रकाशित

विप्लवलाई पक्राउ गर्न ३५ दिने पुर्जी जारी

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवसहित उच्च नेताहरूविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

काठमाडौं जिल्ला अदालतले चन्दसहित पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा, माइला लामा र राजु कार्कीविरुद्ध ३५ दिने पक्राउ पुर्जी जारी गरेको हो । उनीहरुविरुद्ध सरकारले दायर गरेको राज्यविरुद्धको कसुर मुद्दामा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को ५८ (१३) बमोजिम ३५ दिनको पक्राउ पुर्जी जारी गरिएको अदालतको सूचनामा उल्लेख गरिएको छ ।

विप्लव र माइला लामाविरुद्ध दुई मुद्दामा पक्राउ पुर्जी जारी भएको छ । अब उनीहरु आफूसँग भएको सबुत प्रमाणसहित ३५ दिनमा उपस्थित हुनुपर्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको