Like us!
Follow us!
Connect us!
Watch us!

नेको इन्स्योरेन्सले यसपटक लाभांश नदिने

अर्थ संसार

मंगलबार, १९ मंसिर २०८०, १० : ४३ मा प्रकाशित

नेको इन्स्योरेन्सले यसपटक लाभांश नदिने

नेको इन्स्योरेन्सले आर्थिक वर्ष २०७९/८० सम्मको मुनाफाबाट लाभांश नदिने भएको छ ।

मङ्सिर १८ गते सोमबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले यसपटक लाभांश नबाँड्ने निर्णय गरेको हो । बैठकले आव २०७९/८० को वित्तीय विवरण पारित गर्दै कायम रहेको वितरणयोग्य मूनाफा नबाँडी सञ्चित गर्ने जनाएको छ । सोही निर्णय नेपाल बीमा प्राधिकरण समक्ष पेश गरि साधारणसभा स्वीकृतिका लैजाने पनि कम्पनीले जनाएको छ ।

साधारणसभा प्रयोजनका लागि कम्पनीले बुकक्लोज मिति भने तय गरेको छैन । लघुवित्तले आव २०७७/७८ मा १५.७९ प्रतिशत र आव २०७८/७९ मा पनि समान १५.७९ प्रतिशत लाभांश वितरण गरेको थियो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको