Like us!
Follow us!
Connect us!
Watch us!

सिआइडी शृङ्खलाका कलाकार दिनेश फड्निसको मृत्यु

अर्थ संसार

मंगलबार, १९ मंसिर २०८०, १४ : ४० मा प्रकाशित

सिआइडी शृङ्खलाका कलाकार दिनेश फड्निसको मृत्यु

सोनी टेलिभिजनबाट प्रसारित हुने चर्चित सिआइडी शृङ्खलाका कलाकार दिनेश फड्निसको मल्टिपल अर्गेन फेलियरका कारण मृत्यु भएको छ ।

५७ वर्षीय फड्निसको मुम्बईस्थित तुंगा अस्पतालमा राती १२ बजेर ८ मिनेट जाँदा मृत्यु भएको हो । केही दिनअघि उनलाई हृदयघात भएको समाचारहरु बाहिरिए पनि उनको मृत्यु लिभर लगायत अर्गेन फेलियरका कारण भएको जनाइएको छ । उनको अन्तिम संस्कार दौलत नगर श्मशान गृह, बोरिवली पूर्वमा गरिनेछ ।

सन् १९९८ देखि लगातार १५ वर्षसम्म प्रदर्शन भएको सिआइडीमा उनले फ्रेडरिक्स नामक भूमिकामा अभिनय गरेका थिए । त्यसबाहेक उनले अर्को प्रख्यात सो तारक मेहताका उल्टा चस्मा, सुपर-३० र सर्फरोस जस्ता चलचित्रमासमेत अभिनय गरेका थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको