Like us!
Follow us!
Connect us!
Watch us!

लगातार सातौं दिन पनि घट्यो सेयरबजार, कारोबार डेढ अर्ब नाघ्यो

अर्थ संसार

मंगलबार, १९ मंसिर २०८०, १५ : २० मा प्रकाशित

लगातार सातौं दिन पनि घट्यो सेयरबजार, कारोबार डेढ अर्ब नाघ्यो

अघिल्लो साताको सोमबार यता घट्दै आएको सेयरबजार आज पनि थप ओरालो लागेको छ । 

अघिल्लो साताको सोमबारबाटै घट्न थालेको नेप्से यो साताको आइतबार ७.२९ र हिजो सोमबार थप ३.४२ अङ्कले घटेको थियो । मौद्रिक नीतिको समीक्षा नजिकिँदै गर्दा लगानीकर्ता अन्योलमा रहेका छन् । अनुकुल नीति आए खरिद गर्ने, प्रतिकुल वा यथास्थितिमा नीति आए केही बेर कुर्ने मनसाय बनाउँदा बजारले कुनै किसिमको ट्रेन्ड लिन सकेको छैन ।

आज १०.१० अङ्कले घटेर नेप्से परिसूचक १८३७.७१ विन्दुमा बन्द भएको हो । अघिल्लो कारोबारको दिन कुल एक अर्ब १९ करोड ७२ लाख ५७ हजार आठ सय ९४ रुपैयाँ बराबरको कारोबार भएकोमा आज कारोबार रकम बढेर एक अर्ब ५४ करोड ४९ लाख ३५ हजार चार सय ३८ रुपैयाँ पुगेको छ । बजार घट्दै गर्दा आज कारोबार रकम भने वृद्धि भएको हो ।

आज सर्वाधिक कमाउनेतर्फ सिङ्गटी हाइड्रोपावरका लगानीकर्ता रहे । उक्त कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भयो । सोमबार सर्वाधिक गुमाउने मध्ये विशालबजार कम्पनी, माउन्टेन इनर्जी हाइड्रो, उन्नति सहकार्य लघुवित्त र एनआरएन रहे । ती कम्पनीको सेयरमूल्य ८ प्रतिशत भन्दा बढीले घट्यो ।

आज लाइफ इन्स्योरेन्स उपसूचक मात्रै ०.१६ प्रतिशतले बढ्दा बाकिँ सबै उपसूचक घटे । आज उत्पादन उपसूचक सर्वाधिक २.५७ प्रतिशतले घट्दा होटल एन्ड पर्यटन उपसूचक १.७१ प्रतिशत र ट्रेडिङ उपसूचक १.११ प्रतिशत घटे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको