Like us!
Follow us!
Connect us!
Watch us!

इमेज सहकारी ठगी प्रकरणमा कार्यवाहक अध्यक्ष जेलचलान

अर्थ संसार

बुधबार, २० मंसिर २०८०, ११ : ५३ मा प्रकाशित

इमेज सहकारी ठगी प्रकरणमा कार्यवाहक अध्यक्ष जेलचलान

इमेज बचत तथा ऋण सहकारी ठगी प्रकरणमा सहकारीका कार्यवाहक अध्यक्षलाई जेलचलान गरिएको छ ।

सहकारीका कार्यवाहक अध्यक्ष ३८ वर्षीय डोरबहादुर परियारलाई मङ्सिर १५ गते पक्राउ गरि जिल्ला अदालत बागलुङमा पेश गरिएको थियो । अदालतको आदेश बमोजिम उनलाई मङ्सिर १९ गते पुर्पक्षका लागि जेल चलान गरिएको जिल्ला प्रहरी कार्यालय बाग्लुङका प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिएका छन् ।

असार ३ गते नै सहकारी ऐन, २०७४ अन्तर्गतको कसुरमा परियारविरुद्ध पक्राउ अनुमति जारी भएकोमा उनी फरार रहेका थिए । सहकारीमा संस्थापक अध्यक्ष देव कुमार नेपाली भने अझै फरार नै रहेका छन् । बागलुङको ढोरपाटन नगरपालिकाका मेयरसमेत रहेका नेपालीविरुद्ध बचतकर्ताहरुले बागलुङ र कास्कीमा उजुरी दिएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको