Like us!
Follow us!
Connect us!
Watch us!

लगानीको अवसर: मंसिर २९ देखि नबिल बैंकको ऋणपत्रमा आवेदन दिन सकिने

अर्थ संसार

विहीबार, २१ मंसिर २०८०, ०७ : ०५ मा प्रकाशित

लगानीको अवसर: मंसिर २९ देखि नबिल बैंकको ऋणपत्रमा आवेदन दिन सकिने

नबिल बैंक लिमिटेडले ऋणपत्र जारी गर्ने भएको छ। बैंकले एक सूचना निकाल्दै मंसिर २९ गतेदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्ने भएको हो । बैंकले ७ वर्ष अवधिको वार्षिक ९ प्रतिशत ब्याजदरमा ‘९ प्रतिशत नबिल डिबेन्चर २०८७’ निष्काशन गर्न जनाएको छ। 

बैंकले प्रतिऋणपत्र एक हजार अंकित दरका ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्न भनेको छ।  जसमा  ६० प्रतिशत अर्थात १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता व्यक्तिगत तवरबाट बाँडफाँट गरिनेछ भने बाँकी ४० प्रतिशत अर्थात १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणमा बाँडफाँट गरिनेछ। सर्वसाधारणमा बाँडफाँट गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ६० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ। अरु सर्वसाधारणलाई खुला हुनेछ। 

कति दिने आवेदन ?

 यस ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १२ लाख  कित्ताका लागि आवेदन दिन सक्नेछन्। 

कहिले सम्म दिने आवेदन ?

निष्काशन बन्द छिटोमा  पुस ३  गते हुनेछ भने ढिलोमा पुस १३  गते हुनेछ।

कहाँबाट दिने आवेदन ?

धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका तोकिएका शाखा कार्यालयहरु तथा " मेरो सेयर"प्रयोग गरी सि आस्बा प्रणालीमार्फत आवेदन दिन सकिनेछ।

को हो बिक्री प्रबन्धक ?

ऋणपत्रको  निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ।

 रेटिङ

 क्रेडिट रेटिङ्गमा  इक्रा नेपालले बैंकलाई  इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल ए माइनस प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा उच्च मात्रामा सुरक्षित रहेको संकेत गर्दछ।

ब्याज कति ?

९  प्रतिशत

ब्याज भुक्तानी तरिका 

ऋणपत्रमा आर्जित ब्याज रकम त्येक आर्थिक वर्षको प्रथम अर्थवार्षिक र दोस्रो अर्धवार्षिक समाप्त भएपश्चात कर कट्टा गरी भुक्तानी गरिनेछ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको