Like us!
Follow us!
Connect us!
Watch us!

"खरिद सम्झौताले एनसेललाई नेपाली मूलको बृहत्तर स्वामित्वसहितको कम्पनीमा विकसित गर्ने" - सतिश लाल आचार्य

अर्थ संसार

विहीबार, २१ मंसिर २०८०, १२ : ०५ मा प्रकाशित

"खरिद सम्झौताले एनसेललाई नेपाली मूलको बृहत्तर स्वामित्वसहितको कम्पनीमा विकसित गर्ने" - सतिश लाल आचार्य

एनसेल खरिद गरेको स्केक्ट्रलाइट कम्पनीका मालिक सतिश लाल आचार्यले उक्त खरिद सम्झौताले एनसेललाई नेपाली मूलको बृहत्तर स्वामित्वसहितको कम्पनीमा विकसित गर्ने बताएका छन् ।

एनसेलबाट जारी विज्ञप्तिमा आचार्यले भनेका छन्,  “आजियाटाले रेनोल्ड्स होल्डिङ्समा रहेको आफ्नो शेयर बिक्रीको लागि प्रतिस्पर्धात्मक प्रक्रिया अपनाएको थियो र स्पेक्ट्रलाइट थुप्रै प्रतिस्पर्धीहरु मध्येबाट पहिलो भई छानिएको हो । शेयर कारोबारको मूल्य र संरचना इच्छुक क्रेता र विक्रेता मार्फत निर्धारण गरिएको हो । सहमति भएको सम्झौता ढाँचा अनुसार, आजियाटाले बेस पेमेन्ट बाहेक पाँच वर्ष अर्थात सन् २०२९ सम्म थप लाभहरु नाफा बाँडफाँडको रूपमा प्राप्त गर्नेछ । यस शेयर कारोबारको इन्टरप्राइज भ्यालु लगभग ४० करोड अमेरिकी डलर रहेको छ, जुन कम्पनीको कार्यसम्पादनको आधारमा विक्रेता कम्पनीले निश्चित समयावधीभित्र प्राप्त गर्नेछ ।" 

उनले थपेका छन् ,"यो परिवर्तनकारी सम्झौताले एनसेललाई नेपाली मूलको बृहत्तर स्वामित्व सहित कम्पनी र व्यवस्थापनतर्फ एनसेलको विकासलाई डोर्याउनेछ ।" विज्ञप्तिमा एनसेलले आजको दिन सम्मको सबै कर दायित्वहरु सम्पूर्ण रुपमा पालना गरेको र अहिलेको खरिद बिक्री कारोबारलाई लिएर कुनै कर तिर्नुपर्ने भएमा नेपालको कानुन अनुसार पालना गरिने पनि जनाइएको छ । आवश्यक सहमतिहरुका लागि कम्पनीले नेपाल दूरसञ्चार प्राधिकरणसँग छलफल गरिरहेका पनि जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

सम्बन्धित खबर

धेरै पढिएको