Like us!
Follow us!
Connect us!
Watch us!

सीजी टेलिकमलाई रोक्नेहरु नै एनसेल काण्डमा संलग्न छन् - निर्वाण चौधरी

अर्थ संसार

विहीबार, २१ मंसिर २०८०, १२ : ३९ मा प्रकाशित

सीजी टेलिकमलाई रोक्नेहरु नै एनसेल काण्डमा संलग्न छन् - निर्वाण चौधरी

चौधरी समुहका प्रबन्ध निर्देशक निर्वाण चौधरीले सीजी टेलिकमलाई रोक्नेहरु नै एनसेल काण्डमा संलग्न भएको आरोप लगाएका छन् ।

नेपालमा लामो समयदेमि व्यवसाय विस्तार गर्न खोजीरहे पनि सीजी टेलिकम हालसम्म दूरसञ्चार व्यवसायमा स्थापित हुनसकेको छैन । एनसेल प्रकरणको मौका छोप्दै चौधरीले नेपाली जनताले टेलिकम क्षेत्रका माफिया र संगठनलाई चिन्न पाएको बताएका छन् । सीजी टेलिकमले उपभोक्तालाई भ्वाईस र एसएमएस निःशुल्क उपलब्ध गराउने र ५० प्रतिशत सस्तोमा डाटा उपलब्ध गराउने वाचा गर्दा पनि स्वीकृति नपाएको उनले लेखेका छन् ।

चौधरीले लेखेका छन्, "एनसेल काण्डमा तिनै पात्रहरू संलग्न छन् जसले १० बर्षदेखि नेपाली टेलिकमलाई नेपालमा स्थापित हुन दिएनन् । आज जे भएको छ यहि गर्नका लागि सीजी टेलिकमलाई यिनीहरू सबै मिलेर रोकेका हुन् ।" उनले थपेका छन्, "देशमा अहिले ‘त कुटेजस्तो गर म रोएजस्तो गर्छु’ नामक सिनेमा चलिरहेको छ ।"

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको