स्वावलम्बन लघुवित्तको सेयरमूल्य समायोजन भएको छ ।
लघुवित्तको १२.३५९९ प्रतिशत बोनस सेयर आधारमा दोस्रो बजारमा मूल्य समायोजन गरिएको हो । समायोजित मूल्य अनुसार आगामी कारोबारको दिन कम्पनीको कारोबार प्रति सेयर ६४०.८९ रुपैयाँमा खुल्नेछ । आज उक्त लघुवित्तको अन्तिम कारोबार ७२०.१० रुपैयाँमा भएको थियो ।
लघुवित्तले लाभांश वितरण तथा साधारण सभा प्रयोजनार्थ भोलि मङ्सिर २२ गते बुकक्लोज गर्दैछ । अर्थात आज मङ्सिर २१ गतेसम्म कारोबार भई कायम रहेका सेयरधनीले मात्र कम्पनीले घोषणा गरेको लाभांश प्राप्त गर्न तथा कम्पनीको साधारण सभामा सहभागिता हुन पाउनेछन् ।
लघुवित्तले हालको चुक्तापुँजीको १२.३५९९ प्रतिशत हुन आउने १५ करोड ९५ लाख ४ हजार ५ सय रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनका लागि ०.६५०५ प्रतिशत नगद लाभांश वितरण गर्न लागेका हो । कम्पनीले पुस ४ गते काठमाडौंको बालुवाटारस्थित अम्रपाली ब्याङ्क्वेट क्याटेरिङ एन्ड इभेन्ट्समा बस्ने गरि २२ औं साधारणसभाको मिति तय गरेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस