Like us!
Follow us!
Connect us!
Watch us!

यूनाइटेड अजोड इन्स्योरेन्सको सेयर मूल्य समायोजन

अर्थ संसार

विहीबार, १९ असार २०८२, ०८ : २४ मा प्रकाशित

यूनाइटेड अजोड इन्स्योरेन्सको सेयर मूल्य समायोजन

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको सेयर मूल्य समायोजन गरिएको छ। कम्पनीले वार्षिक साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि बुक क्लोज गरेपछि नेप्सेले बोनस सेयर समायोजनस्वरूप नयाँ मूल्य निर्धारण गरेको हो।

बुधबार कम्पनीले प्रस्ताव गरेको १० प्रतिशत बोनस सेयरलाई आधार मान्दै नेप्सेले सेयर मूल्य समायोजन गरेको हो। त्यस दिन दोस्रो बजारमा कम्पनीको अन्तिम कारोबार मूल्य ६१२.२८ रुपैयाँमा भएको थियो। सोही मूल्यलाई आधार मानेर बोनसपछिको समायोजित मूल्य ५५६.६२ रुपैयाँ तोकिएको हो।

अब आज बिहीबारदेखि दोस्रो बजारमा यूनाइटेड अजोड इन्स्योरेन्सको सेयर कारोबार यही नयाँ मूल्यबाट सुरु हुनेछ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको