नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा तीन कम्पनीको सेयरमूल्य समायोजन गरिएको छ। नेप्सेले नेशनल लाइफ इन्स्योरेन्स र एनएलजी इन्स्योरेन्सको बोनस सेयर तथा बरुण हाइड्रोपावरको हकप्रद सेयरपछि समायोजित मूल्य सार्वजनिक गरेको हो।
नेशनल लाइफ इन्स्योरेन्सले ५ प्रतिशत बोनस सेयर वितरण गरेपछि कम्पनीको सेयरमूल्य समायोजन गरिएको हो। कम्पनीको अन्तिम कारोबार मूल्य ६२८ रुपैयाँ ३६ पैसाका आधारमा समायोजन हुँदा समायोजित मूल्य ५९८ रुपैयाँ ४४ पैसा कायम भएको छ।
त्यसैगरी, एनएलजी इन्स्योरेन्सले २.५० प्रतिशत बोनस सेयर वितरण गरेपछि यसको सेयरमूल्य समायोजन भएको हो। कम्पनीको अन्तिम कारोबार मूल्य ७६० रुपैयाँ २ पैसाका आधारमा समायोजन गरिएको मूल्य ७४१ रुपैयाँ ४८ पैसा तोकिएको छ।
बरुण हाइड्रोपावरको हकप्रद सेयर (१०० प्रतिशत) समायोजनसँगै कम्पनीको सेयरमूल्य २९० रुपैयाँ ३६ पैसा कायम गरिएको छ। यो मूल्य कम्पनीको अन्तिम कारोबार मूल्य ४८० रुपैयाँ ७२ पैसाका आधारमा समायोजन गरिएको हो।
यी तीनवटै कम्पनीको सेयर दोस्रो बजारमा आजदेखि समायोजित मूल्यकै आधारमा कारोबार हुनेछ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस