Like us!
Follow us!
Connect us!
Watch us!

बीमा क्षेत्रमा सबैभन्दा बढी रकम भुक्तानी गरेको नेपाल लाइफको दाबी, ६९.६२ अर्बको दाबी भुक्तानी

अर्थ संसार

शनिबार, २३ मंसिर २०८०, १८ : १४ मा प्रकाशित

बीमा क्षेत्रमा सबैभन्दा बढी रकम भुक्तानी गरेको नेपाल लाइफको दाबी, ६९.६२ अर्बको दाबी भुक्तानी

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २०८० असोज मसान्तसम्ममा मृत्यु दाबी भुक्तानी, परिपक्व दाबी भुक्तानी र अग्रिम दाबी भुक्तानी गरी कुल ६९.६२ अर्ब रुपैयाँ भुक्तानी गरेको छ । कम्पनीले यस अवधिमा मृत्यु दाबी भुक्तानीबापत ५.६८ अर्ब, परिपक्व दाबी भुक्तानीबापत १९.७८ अर्ब र अग्रिम दाबी भुक्तानीबापत २३.४४ अर्ब गरी उक्त परिमाणको रकम भुक्तानी गरेको हो ।

कम्पनीले ६९.६२ अर्ब रुपैयाँ भुक्तानी गर्दैे नेपालको बीमा क्षेत्रमा सबैभन्दा बढी रकम भुक्तानी गर्ने कम्पनी बनेको दाबीसमेत गरेको छ ।

कम्पनीले २०८० असोज मसान्त सम्ममा १३ हजार ५ सय १२ जनाका हकवालाहरूलाई मृत्यु दाबी भुक्तानी गरिसकेको छ ।  कम्पनीले कम्भेन्सनल प्लानअन्तर्गत ११ हजार १ सय ७७ जनालाई ३ अर्ब ७१ करोड र वैदेशिक रोजगारीतर्फ २ हजार ३ सय ३५ जनालाई १ अर्ब ९७ करोड रुपैयाँ भुक्तानी गरेको छ ।  

यस कम्पनीले आफ्नो दाबी प्रक्रियालाई एकदम सहज बनाएको र दाबीका निम्ति कागजात प्राप्त हुनेबित्तिकै भुक्तानी प्रक्रिया सु भइजाने बताएको छ । यस आर्थिक वर्षको पहिलो त्रैमासमा यस कम्पनीलाई प्राप्त भएको मृत्यु दाबी भुक्तानी निवेदनमध्ये ९३ प्रतिशत दाबी फर्छ्योट भइसकेको कम्पनीको भनाइ छ ।

आवश्यक कागजात प्राप्त भएमा दुर्घटनाको मृत्यु दाबी भुक्तानी ३ कार्य दिनभित्र र सामान्य मृत्यु दाबी भुक्तानीे ७ कार्य दिनभित्र भुक्तानी गर्ने प्रबन्ध यस कम्पनीले मिलाएको छ । यस अवधिमा ४६ प्रतिशत मृत्यु दाबी भुक्तानी तीन दिनभित्र गरेको छ ।

कम्पनीका अनुसार, ६७ प्रतिशत निवेदन एक हप्ताभित्र र ८१ प्रतिशत मृत्यु दाबी भुक्तानी एक महिनाभित्र गरिएको छ । कम्पनी १०० प्रतिशत दाबी यथाशीघ्र भुक्तानी गर्न तत्पर रहेको तर आवश्यक कागजातहरू समयमा उपलब्ध नहुँदा केही दाबी भुक्तानी गर्न ढिलाइ भएको छ ।

दाबी भुक्तानी लिनका लागि चाहिने कागजातका बारेमा जानकारी गराउने अभिप्रायले कम्पनीले आफ्नो वेबसाइटमा समेत सूचना सम्प्रेषण गरेको छ । 

मृत्यु दाबी भुक्तानी गर्नका लागि आफ्ना आन्तरिक प्रणालीहरूलाई सुदृढ तथा प्रविधिमैत्री बनाइएको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले बताएका छन् । आर्थिक वर्ष २०७९।८० मा ९९.१३ प्रतिशत मृत्यु दाबी भुक्तानी गर्दै नेपाल लाइफ सर्वाधिक मृत्यु दाबी भुक्तानी गर्ने जीवन बीमा कम्पनी बन्न सफल भएको उनको दाबी छ ।

आर्थिक वर्ष २०७८।७९ मा कम्पनीले ९९.०७ प्रतिशत मृत्यु दाबी भुक्तानी गरेको थियो । प्रभावकारी तरिकाले छिटोछरितो चुस्त, दुरुस्त रूपमा मृत्यु दाबी भुक्तानी गर्न कम्पनी कटिबद्ध रहेको पराजुलीले बताए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको