Like us!
Follow us!
Connect us!
Watch us!

मौद्रिक नीति समीक्षाले बजारलाई बुस्ट: पाँच मिनेट मै ४ प्रतिशतले बजार बढ्दा सर्किट ब्रेकर लाग्यो

अर्थ संसार

आइतबार, २४ मंसिर २०८०, ११ : १५ मा प्रकाशित

मौद्रिक नीति समीक्षाले बजारलाई बुस्ट: पाँच मिनेट मै ४ प्रतिशतले बजार बढ्दा सर्किट ब्रेकर लाग्यो

सकारात्मक मौद्रिक नीति समीक्षाले बजारलाई बुस्ट दिँदा कारोबार शुरु भएको पाँच मिनेटमै ४ प्रतिशतले बजार बढेर सर्किट ब्रेकर लागेको छ ।

आइतबार बजार पाँच मिनेटमै ७४.२० अङ्कले बढेपछि कारोबार रोकिएको हो । अब २० मिनेट पछि कारोवार खुल्नेछ । नेप्सेको नियम अनुसार कारोबार शुरु भएको पहिलो घण्टामै बजार चार प्रतिशतले बढे कारोबार २० मिनेटसम्म रोकिनेगर्दछ । त्यसपछि दोस्रो घण्टाभित्र बजार पाँच प्रतिशतले बढे दोस्रो सर्किट ब्रेकर लाग्छ र कारोबार ४० मिनेटसम्म बन्द गरिन्छ ।

त्यसपछि बजार ६ प्रतिशतले बढे त्यसदिनका लागि कारोबार बन्द गर्ने नियम रहेको छ । यस हिसाबले आज बजार अधिकतम १११ अङ्कले बढ्न सक्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको