Like us!
Follow us!
Connect us!
Watch us!

आइतबार ६ प्रतिशतले बढ्यो नेप्से, तेस्रो सर्किट ब्रेकर लागेसँगै आजको कारोबार समाप्त

अर्थ संसार

आइतबार, २४ मंसिर २०८०, १२ : १७ मा प्रकाशित

आइतबार ६ प्रतिशतले बढ्यो नेप्से, तेस्रो सर्किट ब्रेकर लागेसँगै आजको कारोबार समाप्त

सकारात्मक मौद्रिक नीति समीक्षाले बजारलाई बुस्ट दिँदा आइतबार तेस्रो पटक पनि सर्किट ब्रेकर लागेको छ ।

आज कारोबार शुरु भएको पाँच मिनेटमै ४ प्रतिशतले बजार बढेर सर्किट ब्रेकर लागेको थियो । त्यसपछि थप एक प्रतिशतले बजार बढ्दा दोस्रो सर्किट ब्रेकर लागेर कारोबार ४० मिनेटसम्म रोकिएको थियो । ४० मिनेटपछि थप एक प्रतिशतले बढेर बजारमा तेस्रो सर्किट ब्रेकर लागेको हो ।

यस सँगै नेप्सेको आजको कारोबार बन्द भएको छ । आइतबार बजार कुल १११.२० अङ्कले बढेको छ भने १३ कम्पनी ९.९ प्रतिशतले बढेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको