सान्जेन जलविद्युत कम्पनीले कम्पनीको १२ औं वार्षिक साधारणसभा डाकेको छ । कम्पनीले लगानीकर्तालाई भने लाभांशको कुनै व्यवस्था गरेको छैन ।
मङ्सिर २३ गते शनिबार बसेको सञ्चालक समितिको बैठकले पुस २९ गते बस्ने गरि साधारणसभाको मिति तय गरेको हो । कम्पनीले साधारणसभा प्रयोजनार्थ पुस १९ गते एक दिन बुक क्लोज गर्ने जनाएको छ । अर्थात पुस १८ गतेसम्म कायम सेयरधनीले मात्र साधारणसभामा भाग लिन सक्नेछन् ।
कम्पनीले निर्माण गरेको १४.८ मेगावाटको माथिल्लो सान्जेन आयोजनाले असोज देखि विद्युत उत्पादन थालेको छ भने अर्को ४२.५ मेगावाटको सान्जेन जलविद्युत आयोजनाबाट पुस मसान्तसम्म विद्युत उत्पादन थाल्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस