मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडले कम्पनीको १५ औं वार्षिक साधारणसभा डाकेको छ । कम्पनीले लगानीकर्तालाई भने लाभांशको कुनै व्यवस्था गरेको छैन ।
मङ्सिर २४ गते आइतबार बसेको सञ्चालक समितिको बैठकले पुस २३ गते काठमाडौंको धुम्बाराहीस्थित सूर्य इभेन्टमा बस्ने गरि कम्पनीको साधारणसभाको मिति तय गरेको हो । कम्पनीले साधारणसभामा आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरीक्षण प्रतिवेदनसहित वित्तीय विवरणहरु पारित गर्ने, लेखापरीक्षक नियुक्ति गरि पारिश्रमिक निर्धारण गर्ने लगायत साधारण प्रस्तावहरु पेश गर्ने जनाएको छ ।
कम्पनीले साधारणसभा प्रयोजनार्थ पुस २ गते एक दिन बुक क्लोज गर्ने जनाएको छ । अर्थात पुस १ गतेसम्म कायम सेयरधनीले मात्र साधारणसभामा भाग लिन सक्नेछन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस