Like us!
Follow us!
Connect us!
Watch us!

आइतबार १११ अङ्कको बढाई पछि आज दोहोरो अङ्कले घट्यो नेप्से, चार अर्ब ८४ करोडको कारोबार

अर्थ संसार

सोमबार, २५ मंसिर २०८०, १५ : १३ मा प्रकाशित

आइतबार १११ अङ्कको बढाई पछि आज दोहोरो अङ्कले घट्यो नेप्से, चार अर्ब ८४ करोडको कारोबार

आइतबार एक सय ११ अङ्कले बढेको बजार आज सोमबार भने दोहोरो अङ्कले घटेको छ ।

आज १५.४० अङ्कले घटेर नेप्से परिसूचक १९४८.५७ विन्दुमा बन्द भएको हो । अघिल्लो कारोबारको दिन कुल ४८ करोड २४ लाख ८२ हजार दुई सय ३९ रुपैयाँ बराबरको मात्र कारोबार भएकोमा आज कारोबार रकम बढेर चार अर्ब ८४ करोड २७ लाख ७४ हजार तीन सय ८६ रुपैयाँ पुगेको छ । बजार घट्दा आज कारोबार रकममा उल्लेख्य वृद्धि भएको हो । आइतबार उच्च अङ्कले वृद्धि भएपछि आज बिहानै देखि बिक्रेता हावी हुँदा पहिलो घन्टा नै दुई अर्बको कारोबार भएको थियो ।

आज सर्वाधिक कमाउनेतर्फ सामुदायिक लघुवित्त, बोटलर्स नेपाल, दोल्ती हाइड्रो र हाथवे इन्भेस्टमेन्टका लगानीकर्ता रहे । उक्त कम्पनीहरुको सेयर मूल्य ९.९ प्रतिशतले वृद्धि भयो । सोमबार सर्वाधिक गुमाउने मध्ये समता लघुवित्त, स्वाभिमान लघुवित्त, एसियन हाइड्रो, अप्पर स्याङ्गे हाइड्रो, एसबिआई बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक र मन्दाकिनी हाइड्रोपावर रहे । उक्त कम्पनीहरुको सेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घट्यो ।

आज म्युचुअल फन्ड उपसूचक सर्वाधिक २.१६ प्रतिशतले बढ्दा ननलाइफ इन्स्योरेन्स उपसूचक १.३७ र लघुवित्त उपसूचक ०.४४ प्रतिशतले बढे । आज विकास बैंक उपसूचक सर्वाधिक २.०९ प्रतिशतले घट्दा होटल एन्ड टुरिजम उपसूचक १.४२ प्रतिशत र लगानी उपसूचक १.३५ प्रतिशतले घटे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको