नेपाल इन्स्योरेन्स कम्पनीको बोनस सुरक्षित गर्ने आज मङ्सिर २७ गते अन्तिम दिन रहेको छ।
कम्पनीले लाभांश र साधारणसभा प्रयोजनार्थ मङ्सिर २८ गते एक दिन बुक क्लोज गर्ने जनाएको छ । मङ्सिरआज मङ्सिर २७ गतेसम्म कायम सेयरधनीले मात्र बोनस प्राप्त गर्न तथा साधारणसभामा भाग लिन सक्नेछन् ।
कम्पनीको मङ्सिर १९ गते बसेको सञ्चालक समितिको बैठकले पुस १३ गते काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बस्ने गरि नेपाल इन्स्योरेन्स कम्पनीको ७५ औं वार्षिक साधारणसभाको मिति तय गरेको हो ।
कम्पनीले साधारणसभामा आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरीक्षण प्रतिवेदनसहित वित्तीय विवरणहरु पारित गर्ने, लेखापरीक्षक नियुक्ति गरि पारिश्रमिक निर्धारण गर्ने लगायत साधारण प्रस्तावहरु पेश गर्ने जनाएको छ ।
यसैगरी कम्पनीले हालको चुक्ता पुँजीको १० प्रतिशतले हुन आउने १४ करोड ९४ लाख ७६ हजार पाँच सय ३९ रुपैयाँ बराबरको बोनस सेयर लाभांश बाँड्ने विशेष प्रस्ताव पनि साधारणसभामा पेश गर्ने जनाएको छ । कम्पनीले चुक्ता पुँजीको ०.५२६३ प्रतिशतले हुन आउने ७८ लाख ६७ हजार एक सय ८६ रुपैयाँ कर प्रयोजनका लागि नगद लाभांश पनि बाँड्नेछ । यसैगरी कम्पनीले हकप्रद सेयर खरिद गर्ने व्यवस्था अन्य कुनै व्यक्तिलाई हस्तान्तरण गर्न सकिने गरी विशेष प्रस्ताव पनि साधारणसभामा पेश गर्ने भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस