युनिलिभर नेपालको ३० औं वार्षिक साधारण सभा कम्पनीका अध्यक्ष देव बाजपेइ र प्रबन्ध निर्देशक अम्लान मुखर्जीको उपस्थितिमा होटल याक एण्ड यतीमा सम्पन्न भएको छ ।
युनिलिभर नेपाल लिमिटेडले लाभांश प्रतिफल र कर पछिको नाफा १८३.४ करोड पुर्याएको छ, जुन गत वर्षको तुलनामा १९ प्रतिशतले बढी हुन आउँछ । युनिलिभर नेपालले आफ्ना शेयरधनीहरु यस वर्ष कम्पनीकै इतिहासमा सर्वाधिक धेरै लाभांश अर्थात प्रति शेयर रु.१५८० का रुपैयाँ नगद लाभांश दिएको छ । कम्पनीले आफ्नो ३० औं वार्षिकोत्सव “हरेक घरमा, हरेक मनमा” भन्ने नाराका साथ मनाएको हो ।
समारोहमा युनिलिभर नेपाल लिमिटेडका अध्यक्ष देव बाजपेइले सबै शेयरधनीहरु, नियामक निकायहरु, कर्मचारीहरु र अन्य सरोकारवालाहरुलाई धन्यवाद दिदैँ न्यून लगानी, जैविक विविधतामा देखिएको नकरात्मक असर, भूराजनैतिक टकराव, सामाजिक ध्रुवीकरण, र साइबर असुरक्षाजस्ता विश्वव्यापी जोखिमलाई कम्पनीले।ध्यान पुर्याउने बताए । उनले अबको यात्रा कठिन हुन सक्ने अपेक्षा गरिए पनि चुनौतीलाई लगनशीलताका साथ व्यवस्थापन गर्न सक्षम हुने दृढता व्यक्त गरे ।
उनले भने, "युनिलिभर नेपाल लिमिटेडको व्यापक आपूर्ति सञ्जाल, चुस्त ग्राहक व्यवस्थापनयुक्त उद्देश्यपूर्ण बजार प्रवद्र्धनका साथ अघि बढ्ने क्रममा हामीसँग आगामी आर्थिक वर्षमा र त्यसभन्दा पछिका लागि भौगोलिक, खरीद, मानव पूँजी, प्रविधि, समावेशीता र स्थायित्वमा देखा परेका व्यवधानहरु हटाउँदै अगाडी बढ्ने प्रशस्त अवसरहरु रहेका छन् ।”
सोही समारोहमा युनिलिभर नेपाल लिमिटेडका प्रबन्ध निर्देशक अम्लान मुखर्जीले कर पश्चात् कम्पनीको खुद नाफा गत वर्षको रु.१५४.२ करोडबाट बढेर यो वर्ष १८३.४ करोड पुगेको बताउँदै उक्त नाफा बितेको १० वर्षकै सबैभन्दा धेरै भएको उल्लेख गते । यस अद्भूत सफलता उत्पादनहरुको स्थानीयकरणमा गरिएको प्रयासहरु, उल्लेख्य लागत बचत, र उपभोक्ताहरुले युनिलिभरको ब्राण्डहरुमा देखाएको अतुलनीय रुचीका कारण प्राप्त हुन सकेको मुखर्जीले बताए ।
युनिलिभर नेपाल लिमिटेडको ८५% शेयर संस्थापक शेयरधनीहरुको रहेको छ भनें बाँकी १५% शेयर सर्वसाधारणहरुको रहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस