Like us!
Follow us!
Connect us!
Watch us!

बिवाइडीका थप ११ डिसि चार्जिङ स्टेसन सञ्चालनमा

अर्थ संसार

बुधबार, २७ मंसिर २०८०, १४ : ११ मा प्रकाशित

बिवाइडीका थप ११ डिसि चार्जिङ स्टेसन सञ्चालनमा

विद्युतीय सवारी निर्माता कम्पनी बिवाईडी अटो इन्डस्ट्री कम्पनी लिमिटेडको नेपालका लागि आधिकारिक वितरक सिमेक्स इन्कर्पोरेसन कम्पनी लिमिटेडले देशका मुख्य मुख्य स्थानहरुमा ११ डिसि फास्ट चार्जर जडान गरेको छ। 

नयाँ जडित फास्ट चार्जर देशका मुख्य शहरहरु पोखरा, नेपालगञ्ज, बुटवल, विराटनगर, जनकपुर, नारायणघाट, अनामनगर, मुलकोट, बिर्तामोड, नक्साल र गुह्येश्वरीमा राखिएको छ । यी चार्जर हरु मध्ये १० वटा चार्जरले ३० किलोवाटको पावर आउटपुट दिने छ भने मुलकोटमा जडित चार्जरले भने ६० किलोवाटको फास्ट चार्जिङ सुविधा दिनेछ ।

यसरी पहिले नै ४० किलोवाटका ४० चार्जरबाट सेवा प्रदान गरिरहेको कम्पनीले नयाँ चार्जरमार्फत नेटवर्कलाई थप विस्तार गर्न लागेको छ । चार्जिङ्ग पुर्वाधारहरुको सर्वसुलभ, स्तरीय र व्यापक पहुँचले सवारी साधनमा दिगो समाधान खोज्ने कम्पनीको प्रतिबद्धतालाइ अझै स्पष्ट पार्ने कम्पनीले जनाएको छ ।

चर्जिङ्ग स्थानहरु रहेको स्थान र तिनको सम्पर्क नम्वर कम्पनीको अधिकारिक वेबसाइटमार्फत हेर्न सकिने जनाइएको छ । विद्युतीय साधन चार्जिङ्ग स्टेसनको बढ्दो मागको सम्बोधन गर्न कम्पनीले चार्जिङ्ग नेटवर्कहरुको थप विकास र विस्तार गर्ने योजना राखेको छ । साथै, डिसेम्बर २०२३ को अन्त्य सम्ममा थप १८ डिसि फास्ट चार्जरहरु पनि संचालनमा ल्याइने कम्पनीको योजना छ ।

बिवाईडीको अट्टो ३ मोडेलले ८८ किलोवाट सम्मको डिसि फास्ट चार्जिङ सपोर्ट गर्न सक्छ भने बिवाईडी डल्फिनले ६० किलोवाट सम्मको चार्जिङ सपोर्ट गर्न सक्छ । यसले ३० देखि ४५ मिनेटमै विद्युतीय साधनहरुलाइ ८० प्रतिशतसम्म चार्ज गर्न सकिनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको