Like us!
Follow us!
Connect us!
Watch us!

बुद्धभूमि हाइड्रोले डाक्यो साधारणसभा, एक सय ५० प्रतिशत हकप्रद जारी गर्ने

अर्थ संसार

विहीबार, २८ मंसिर २०८०, १० : १५ मा प्रकाशित

बुद्धभूमि हाइड्रोले डाक्यो साधारणसभा, एक सय ५० प्रतिशत हकप्रद जारी गर्ने

बुद्धभूमि हाइड्रोपावर लिमिटेडले कम्पनीको १५ औं वार्षिक साधारणसभा डाकेको छ । कम्पनीले लगानीकर्तालाई भने कुनै लाभांशको व्यवस्था गरेको छैन ।

मङ्सिर २७ गते बसेको सञ्चालक समितिको बैठकले पुस २० गते काठमाडौंको थिरबम सडकस्थित अम्रपाली ब्याङ्क्वेटमा बस्ने गरि कम्पनीको साधारणसभाको मिति तय गरेको हो । कम्पनीले साधारणसभामा आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरीक्षण प्रतिवेदनसहित वित्तीय विवरणहरु पारित गर्ने, लेखापरीक्षक नियुक्ति गरि पारिश्रमिक निर्धारण गर्ने लगायत साधारण प्रस्तावहरु पेश गर्ने जनाएको छ ।

यसैगरी कम्पनीले एक सय ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव पनि साधारणसभामा पेश गर्ने जनाइएको छ । कम्पनीले साधारणसभा प्रयोजनार्थ पुस ६ गते एक दिन बुक क्लोज गर्ने जनाएको छ । अर्थात पुस ५ गतेसम्म कायम सेयरधनीले मात्र साधारणसभामा भाग लिन सक्नेछन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको